नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रूपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ प्राप्त गरेको छ । बैंकले बैंकिङ क्षेत्रतर्फको ब्रोन्ज अवार्ड प्राप्त गरेको हो ।
उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत आइक्यानले बैंकलाई प्रदान गरेको जनाइएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई हस्तान्तरण गरेको जनाइएको छ ।
बैंकले हाल देशभरमा नौ सय ३२ शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै एक सय २८ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।