एकपटक रुसी लेखक टल्स्टोयसामु एक युवक आए र भने, ‘महाशय, तपाईं मलाई सहायता गर्नुस् । म धेरै चिन्तित छु । मसँग यतिवेला फुटेको कौडी पनि छैन ।’ टल्सटोयले उनको समस्या सुनेपछि गम्भीर हुँदै भने, ‘तिमी चिन्ता नलेऊ युवक, मेरो एउटा निकै मिल्ने साथी व्यापारी छ । उसले तिमीलाई पक्कै सहयोग गर्नेछ । ऊ मानिसको आँखा किन्ने गर्छ । तिम्रो आँखाको मूल्य उसले २० हजार दिनेछ, आफ्ना आँखा बेचिहाल र राम्रो पैसा कमाऊ ।’
‘हैन, म आफ्नो आँखा बेच्न सक्दिनँ,’ सो युवकले डराउँदै भन्यो । टल्सटोयले उस्तै गम्भीर स्वरमा फेरि भने, ‘आँखा नबेच्ने भए पनि केही छैन । उसले हात पनि किन्छ । तिम्रो हातको मूल्य उसले १५ हजार त अवश्यै दिनेछ ।’ उनको भनाइ सुनेपछि सो युवकले डराउँदै टाउको अस्वीकृतिमा हल्लायो र अलि आवेशमा आउँदै भन्यो, ‘अहँ, मलाई तपाईंबाट यस्तो जवाफको आशा थिएन । मैले त तपाईंबाट निकै ठूलो सहयोगको अपेक्षा गरेर पो आएको थिएँ ।’ त्यो युवक रिसाएको देखेर पनि विचलित नभई टल्सटोयले भने, ‘मलाई तिम्रो समस्याको अनुभूति छ, यसैले म भन्दै छु तिम्रा लागि यस्तो सौदा धेरै राम्रो हुनेछ । यदि तिमीलाई सम्पन्न बन्नु छ भने एक लाख रुपैयाँ लिएर आफ्नो सारा शरीर बेचिदेऊ । सधैँका लागि समस्याबाट छुट्कारा मिल्नेछ ।’ ‘एक लाख त के म एक करोडमा पनि आफ्नो अमूल्य शरीर बेच्दिनँ,’ सो युवकले चिच्याउँदै भन्यो ।
टल्सटोयले मुस्कुराउँदै भने, ‘जुन मानिसले आफ्नो शरीर एक करोडमा पनि बेच्न सक्दैन, त्यो मानिस आफूसँग केही छैन भन्दै छ । यो सम्पूर्ण शरीर नै त हो हाम्रो सम्पत्ति । इमानदारीपूर्वक मिहिनेत गर । सुनचाँदी त के चन्द्रसूर्य नै तिम्रो हातमा आउन सक्छ ।’ त्यो युवकले बल्ल टल्सटोयको भनाइको रहस्य बुझ्यो र भन्यो, ‘म तपाईंप्रति आभारी छु । आज तपाईंले मेरा आँखा खोलिदिनुभयो ।’
प्रेरक प्रसंग : प्रेरणा दिने लेखक
प्रेरक प्रसंग : चोरी रोक्ने जुक्ति
३ हप्ता अघि
प्रेरक प्रसंग : फजुल खर्ची बन्ने कि कन्जुस ?
३ हप्ता अघि
प्रेरक प्रसंग : बिग्रेको टेलिफोन
४ हप्ता अघि
प्रेरक प्रसंग : तेन्दुलकर र क्रिकेट
१ हप्ता अघि
प्रेरक प्रसंग : मित्रताको घन्टी
१ हप्ता अघि
सुझावित समाचार
प्रेरक प्रसंग : बितिसकेको समय
एकपटक गौतम बुद्ध एउटा गाउँमा प्रवचन दिइरहेका थिए । प्रवचनका क्रममा उनले भने— हरेक मानिसले धर्तीमाताजत्तिकै सहनशील तथा क्…
प्रेरक प्रसंग : जीवन बदल्ने तीन सूत्र
सिकारीले एउटा वृद्ध पक्षीलाई समात्यो । सिकारीको हातमा परेपछि पक्षीले भन्यो— म तिम्रा लागि कुनै कामको छैन । म निकै वृद्ध …
प्रेरक प्रसंग : कसैसँग झगडा परे के गर्ने ?
एकै घरमा मिलेर बसेका देउरानी र जेठानीबिच एक दिन कुनै विषयमा वादविवाद सुरु भयो । विवाद बढ्दै जाँदा दुवैबिच चर्काचर्की पर्&zw…
प्रेरक प्रसंग : पुरानो वस्त्रको सदुपयोग
भगवान् बुद्धका एक अनुयायीले भने– प्रभु, मलाई हजुरसित एक निवेदन गर्नु थियो । बुद्धले भने– बताऊ न त, के समस्या आइपर्…
प्रेरक प्रसंग : साथीहरूको पछुतो
चारजना साथी कलेज जीवनको अन्तिमतिरको नयाँ वर्षमा उनीहरू होटेलमा खाजा खान पुगे । खाँदै गर्दा उनीहरूमध्ये एकले भन्यो– स…
प्रेरक प्रसंग : तेन्दुलकर र क्रिकेट
भारतका महान् क्रिकेटर सचिन तेन्दुलकरका क्रिकेट गुरु रमाकान्त आचरेकरले उनलाई मैदानी अभ्यासको भट्टीमा जलाईजलाई क्रिकेट जगत्का…