वामदेवकाे प्रस्ताव- सेनाको संख्या थपेर उद्योग र कृषि क्षेत्रमा लगाऊँ

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभाका सांसद वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन्। 

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमानबाहेक केही हुन नसक्ने तर्कसमेत गरे। 

बिहीबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि दुई लाख सेना थप गर्नुपर्ने प्रस्तावसमेत गरे। 

उनले नेपाली सेनाले आगामी पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पुर्याउने सांसद गौतमको भनाइ थियो। 

गौरवगाथाले भरिएको नेपाली सेनाको सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेश सभा हटाउँदा उपयुक्त हुने सांसद गौतमकाे तर्क थियाे।  

त्यस अवसरमा सांसद गौतमले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै सक्ने जिकिर गरे। 

सांसद गौतमले पार्टीको केन्द्रीय कार्यसमिति बैठक लाइभ गरेको भन्दै कांग्रेसप्रति आभार व्यक्त गर्दै कम्युनिस्ट पार्टीहरूले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने धारणासमेत राखे। 

सुझावित समाचार