एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत ‘ए’सँग खेल्दै छ। भारतसँगको खेलमा नेपालले दोस्रो विकेट गुमाएकाे छ।
५.१ ओभरमा नेपालका आशिफ सेखलाई भारतका हर्षित रानाले आउट गरेका छन्। यसअघि कुशल भुर्तेल पहिलाे ओभरमै आउट भएका थिए। क्रिज सम्हाल्न क्याप्टेन राेहित पाैडेल क्रिजमा आएका छन्।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो। नेपाल शुक्रबार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको थियो। अब नेपालले तेस्रो खेलमा बुधबार युएईको ‘ए’सँग खेल्नेछ। प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ।