३ प्रश्न

शुक्रबार, २९ असार, २०८०
डिजिटल संस्करण

ककनी गाउँपालिकाले फोहोरका कन्टेनरबाट शुल्क उठाउने योजना अघि बढाएको छ । यसमा महानगर सहमत भएको हो ? 
यसमा हामी सहमत छैनौँ । यसबारे अझ मेयर र उपमेयरले कुराकानी गर्नुभएको होला । तर, जेसुकै भए पनि हामी यसबारे सहमत छैनौँ । फोहोर लैजाँदा पैसा तिराउँछौँ भन्ने ककनीको एकतर्फी भनाइ हो । यस्तो भयो भने हामीले अन्य रूपमा दिँदै आएका शुल्क कटौती गर्न सक्छौँ । 

महानगरले प्रभावित क्षेत्रका बासिन्दालाई बजेटमा बेवास्ता गरेको भन्दै विरोध भइरहेको छ । वास्तविकता के हो ? 
हामीले चालू र आगामी आवका लागि १५–१५ करोड बजेट छुट्याएका छौँ । आगामी कार्यक्रमबारे बिमा, क्षतिपूर्ति, विद्यालय निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रका लागि १५ करोड बजेट छुट्याएका छौँ । हामीले बजेट दिँदादिँदै पनि उहाँहरूले थप चार्ज लगाउनुहुन्छ भने हामी त्यसमा सहमत हुन सक्दैनौँ । 

प्रभावित क्षेत्रमा प्रदूषणको अध्ययन नभएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । यथार्थ के हो ? 
प्रभावित क्षेत्रमा हामीले धेरैथरी सुविधा दिएका छौँ । त्यहाँ स्वास्थ्य र बिमामा हाम्रो ठूलो लगानी भइसकेको छ । त्यस्तै, क्षतिपूर्ति पनि दिँदै आएका छौँ । यसबाहेक नास्ट र त्रिविले प्रभावित क्षेत्रमा वायु, जल र फोहोरमैला प्रदूषणको अध्ययन गर्दै छन् । नास्टसँग दुई दिनअघि मात्रै सम्झौता भएको छ । अबका चार महिनामा उसले अध्ययन गरिसक्छ । त्यस्तै, त्रिविले पनि सिसडोल क्षेत्रमा एक महिनादेखि अध्ययन गरिरहेको छ । 

सुझावित समाचार