पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

उदयपुरमा बिजुलीको पोलमा काम गर्ने  क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्द चौधरीका अुनसार त्रियुगा नगरपालिका– ४ बगाहाका ४० वर्षीय कैलाश भनिने युवराज राईको बुधबार मृत्यु भएको हो। प्रनाउ चौधरीका अनुसार मृतक राई त्रियुगा नगरपालिकामा सडक लाइनको बत्ती हेर्ने गरी करारमा काम गर्दै आएका थिए।

‘फर्सेटस्थित सडकमा रहेको बिजुलीको पोलमा काम गर्ने क्रममा अचानक करेन्ट लागि गम्भीर घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो। तर, ल्याउनासाथ अस्पातालका डाक्टरहरूले मृत्यु भएको घोषणा गरे,’ उनले भने।

सुझावित समाचार