प्रचण्डसहित दुई छोरीले दिए सीतालाई दागबत्ती

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण
प्रचण्डसहित दुई छोरीले दिए सीतालाई दागबत्ती

तस्बिरहरु : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरूप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो। उनको  पार्थिव शरीरमा नेपालको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो।

सीताको पार्थिक शरीरमा प्रधानमन्त्री प्रचण्डसँगै छोरीहरू रेणु र गंगा दाहालले दागबत्ती दिएका हुन्।

पशुपति आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, माओवादी केन्द्रसहित अन्य दलका नेता–कार्यकर्ता र शुभेच्छुकको बाक्लो उपस्थिति थियो।

सुझावित समाचार