ललितानिवास प्रकरणमा भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक पक्राउ

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण
ललितानिवास प्रकरणमा भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक पक्राउ

फाइल तस्बिर ।

बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा भूमि व्यवस्था तथा अभिलेख विभागका पूर्वमहानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका छन्। 

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न रहेकाहरूमाथि अनुसन्धान गरिरहेको सिआइबीले श्रेष्ठलाई पक्राउ गरेको हो। 

०६९ मा पशुपति टिकिन्छा गुठीका नाममा पाँच रोपनी जग्गा हिनामिनामा उनी संलग्न रहेको सिआइबीले जनाएको छ। यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। 

ललितानिवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा किर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले पुनः अनुसन्धान गरिरहेको छ। 

सुझावित समाचार