अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउने बताएका छन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले चर्को ब्याजदर घटाउन आफूले नेपाल राष्ट्र बैंकलाई भनेको जानकारी दिए ।
बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आइरहँदा उनले यस्तो आश्वासन दिएका हुन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गरे ।
‘यो अहिलेको जुन ब्याजदर छ, त्यो ज्यादा छ । त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्न पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा नेपाल राष्ट्र बैंकमा राखेको छु । सायद केही न केही सम्बोधन होला,’ उनले भने ।