खप्तडमा छायांकन गरिएको गीत ‘सधैँ यस्ता मीठा कुरा’ सार्वजनिक

शनिबार, २३ असार, २०८०
डिजिटल संस्करण

सुदूरपश्चिमको खप्तड क्षेत्रमा छायांकन गरिएको गीत ‘सधैँ यस्ता मीठा कुरा’ सार्वजनिक गरिएको छ। शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र पूर्वपर्यटनमन्त्री प्रेम आलेले गीतको विमोचन गरेका हुन्।

सुगम संगीतका चर्चित गीतकार तथा संगीत दीपक शर्माको शब्द र संगीत रहेको गीतमा स्वर डेभिड शंकर र बेनिसा पौडेलको रहेको छ। पर्यटकीय क्षेत्र खप्तडलाई सुटिङका लागि समेत उपयुक्त ठाउँका रूपमा प्रस्तुत गर्न खोजिएको म्युजिक भिडियो निर्माण संयोजनसमेत गरेका कलाकार सनम कठायतले जानकारी दिएका छन्।

म्युजिक भिडियोमा कठायतसँगै निशा कार्कीको अभिनय देख्न पाइन्छ। निर्देशन देउडा गीत लेखनमा समेत सक्रिय डिबी खड्काले गरेका छन्।

क्रियटिभ निर्देशक जनक सिंह, सिनेमाटोग्राफर दिपक गिरीलगायत पनि सुदूरपश्चिमबाटै आएर नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्ति हुन्। म्युजिक भिडियो सम्पादन विकास दाहालले गरेका छन्।

सुझावित समाचार