गोल्डेनहर्स फिल्मस् प्रालिको आयोजनामा ‘फर्स्ट गोल्डेनहर्स इन्टरनेसनल अवार्ड–२०२२’ राजधानीमा सम्पन्न भएको छ।
‘राष्ट्रको विकास र समृद्धिमा योगदान–भाषा, कला, गीत, संगीत र चलचित्रकर्मीहरूको सम्मान’ भन्ने नाराका साथ नेपाली कला, संस्कृति, साहित्य, गीतसंगीत र चलचित्र क्षेत्रको प्रवर्द्धन तथा यस क्षेत्रसँग सम्बन्धित कलाकर्मीहरूको प्रोत्साहनका लागि सो अवार्ड कार्यक्रमको आयोजना गरिएको हो।
नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाली चलचित्र क्षेत्रका मूर्धन्य तीन विशिष्ट चलचित्रकर्मीहरू त्रिदेवी भुवन चन्द, चैत्यदेवी सिंह तथा बसुन्धरा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा चलचित्र विधा तथा गीतसंगीत (लोक तथा आधुनिक) विधातर्फका सर्वोत्कृष्ट सर्जक तथा सिर्जनाहरूलाई अवार्ड तथा प्रमाण–पत्र प्रदान गरिएको थियो।
सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्ने चलचित्र विधातर्फका सर्जक तथा सिर्जनाहरूमा अभिनेत्री मिथिला शर्मा–कठपुतली, अभिनेता सौगात मल्ल–लप्पनछप्पन २, छायाकार पुरुषोत्तम प्रधान–चपली हाइट ३, सम्पादक मिलन श्रेष्ठ–लप्पनछप्पन २, कथा सम्पदा मल्ल–कठपुतली, निर्देशक सुदर्शन थापा–म यस्तो गीत गाउँछु २ र चलचित्र कठपुतली–पृथ्वी राणा प्रोडक्सन छन्।
त्यसैगरी, गीतसंगीतअन्तर्गत लोकगीततर्फ सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्ने सर्जक तथा सिर्जनाहरूमा लोकगायिका शान्तिश्री परियार–चौकादाउ, लोकगायक खेम सेन्चुरी–मन परेको मान्छे, संगीतकार श्रीकृष्ण बम मल्ल–डाँडाघरे साइँली, गीतकार कस्तुप पन्त–डालीको फूल, महिला मोडल अञ्जली अधिकारी–हातैका पौजाले, पुरुष मोडल बिमल अधिकारी–दोधारैमा परेको छु, छायाकार राजेश घिमिरे–तिम्रो एकै नजर, सम्पादक प्रवीण भट्ट–पिर तथा म्युजिक भिडियो निर्देशक स्मृति तिमल्सिना (गुरुआमा)–मुटु बैना छन्।
यसका साथै गीत/संगीतअन्तर्गत आधुनिक गीततर्फ सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्ने सर्जक तथा सिर्जनाहरूमा गायिका मिलन नेवार–फूलबुट्टे सारी, गायक शिव परियार–आँसुको अर्थ ३, संगीतकार राजनराज सिवाकोटी–फूलबुट्टे सारी, गीतकार गोविन्द भट्ट गाउँले ठिटो, महिला मोडल शिल्पा पोखरेल–भूपु माया २, पुरुष मोडल पुष्प खड्का–कति राम्री, छायाकार उत्सव दाहाल–तिमीले दिएको गलबन्दी, सम्पादक विकास दाहाल–सुनैको दरबार तथा म्युजिक भिडियो निर्देशक राजेशपुमा राई–फूलबुट्टे सारी छन्।
अवार्डका लागि चलचित्र विधातर्फका निर्णायक समिति सदस्यहरूमा संयोजक मोहन निरौला तथा सदस्यहरू करुण थापा र उदय सुब्बा थिए भने गीतसंगीत विधातर्फका संयोजक बाबुराजा केसी (उज्वल) तथा सदस्यहरू रामेश्वर बुर्लाकोटी, प्रकाश भट्ट, देवेन्द्र पाण्डे र लीलाधर भट्टराई (लिगेश) थिए।
समारोहमा निर्णायक समिति सदस्यहरूको तर्फबाट प्रोत्साहनस्वरूप केही उत्कृष्ट सर्जक तथा सिर्जनाहरूलाई जुरी अवार्डसमेत प्रदान गरिएको थियो।
जसमा चलचित्र विधातर्फ अभिनेत्रीको रूबिना थापाले डाँडाको वरपिपल तथा गीतसंगीततर्फ छायाकार रामेश्वर हुमागाईं, म्युजिक भिडियो निर्देशक विनयराज पौडेल–नुनको भारी, गायक अञ्जन रेग्मी–नोट हजार र पुरुष मोडल रमेश सोडारीले प्राप्त गरे।
‘फर्स्ट गोल्डेनहर्स इन्टरनेसनल अवार्ड–२०२२’ कै अवसरमा समाज तथा राष्ट्रका लागि विभिन्न क्षेत्रमार्फत विशिष्ट योगदान गर्नुहुने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
सम्मानित हुने व्यक्तित्वहरूमा सामाजिक सेवातर्फ मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबा, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल, विशिष्ट शिक्षासेवी शेषकान्त पराजुली, अस्तित्व व्यवस्थापन शास्त्रका प्रणेता डी.पी. आत्रेय, वरिष्ठ सञ्चारकर्मी निर्जला कक्षपति, समाजसेवी तथा कलाकार रामेश्वर के.सी., दन्त प्रविधिविज्ञ दुर्गा भुसाल, कृषि अवार्ड आयोजक तथा सञ्चारकर्मी शेखर खनाल, पर्यटन व्यवसायी तथा चलचित्र निर्माता विनोद सापकोटा, पर्यटन व्यवसायी तथा समाजसेवी रामप्रसाद बन्जरा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ कार्यालय धनुषाका प्रमुख युगलकिशोर तिवारी तथा समाजसेवी तथा सञ्चालक पाटन प्याथ ल्याबकी वृन्दा शाही देसार छन्।
त्यसैगरी, चलचित्र विधामार्फत विशेष योगदान गर्ने व्यक्तित्वहरूमा विशिष्ट चलचित्रकर्मी मुकुन्द थापा, उत्तम केसी, पुकार भट्टराई, पवन केसी, मुकुन्द मैनाली, काजी लिम्बू, अमर वली, रामशरण कोइराला, सबिना कार्की, गोपाल ढकाल “छन्दे”, उषा खनाल, सौरभ लामा, साहिल खान, रेनिस फागोलगायत छन्।
यस्तै, गीत/ संगीत विधामार्फत योगदान गर्ने व्यक्तित्वहरू शंकर बिसी, अष्ट लामा, रमा थापा, जितेन तामाङ लामा, रामकुमार नेपाली, अमृत भारतीका साथै फोटोग्राफर युनिक पौडेल, महम्मद जलिम र केशव पाण्डेलगायत छन्।