अब सवारीचालक अनुमतिपत्रको भुक्तानी अनलाइनबाट

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रको अनलाइन भुक्तानी सुरु गरेको छ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागको सिस्टममा लिंक खोलेर सेवाको सुरुवात गरेका हुन्। 

पहिलो चरणमा गण्डकी प्रदेशबाट यो सेवा सुरु गरिएको छ। अब एक महिनाभित्रै सबै प्रदेशबाट सेवा प्रारम्भ हुने भौतिकमन्त्री ज्वालाले जानकारी गराए। 

सुझावित समाचार