आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

मंगलबार, १९ असार, २०८०
डिजिटल संस्करण

विश्वकप ग्लोबल छनोटअन्तर्गत सातौँ स्थानका लागि अहिले नेपाल र आयरल्यान्ड भिडिरहेका छन् ।

जिम्बावेको हरारेमा जारी म्याचमा आयरल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ । नेपालले आज आफ्नो टिममा दुई खेलाडी परिवर्तन गरेको छ । अलराउन्डर कुशल मल्ल र बलर किशोर महतो टिममा समावेश भएका छन् । 

यसअघि सातौँ स्थानका लागि भएको प्ले अफ सेमिफाइनलमा नेपालले यूएई र आयरल्यान्डले अमेरिकालाई हराएका थिए । आयरल्यान्ड टेस्ट मान्यताप्राप्त टोली हो ।

सुझावित समाचार