संकटका वेला दीपेन्द्रको अर्धशतक

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत  युएईविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् । 
४९औँ एकदिवसीय म्याच खेलिरहेका दीपेन्द्रको यो तेस्रो अर्धशतक हो। 

नेपाली ब्याटिङ धराशयी बनिरहेका वेला एक इन्ड सम्हालिरहेका दीपेन्द्रले ५५ बलमा दुई छक्का र चार चौकाको सहयोगमा अर्धशतक बनाएका हुन्। 

ताजा अवस्थामा नेपालले ३५ ओभरको खेल सकिँदा सात विकेट गुमाएर एक सय ३५ रन बनाएको छ। 

एक सय ८२ रनको लक्ष्य पछ्याइरहेको नेपालले जितका लागि अझै ४५ रन बनाउनुपर्नेछ। सन्दीप लामिछाने १५ बलमा आठ रन बनाएर खेलिरहेका छन्। 
यी दुईबीच आठौँ विकेटका लागि ४१ बलमा ३१ रनको साझेदारी भएको छ। 

सुझावित समाचार