बायर्नको नजर केनमाथि

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण

 टोटनह्यामका मुख्य स्ट्राइकर ह्यारी केनलाई नयाँ सिजनमा अनुबन्ध गर्न जर्मन बुन्डेस लिग च्याम्पियन बायर्न म्युनिख अग्रसर देखिएको छ । बायर्नले फिनिसिङ लाइन बलियो बनाउन इंग्ल्यान्डको राष्ट्रिय खेलाडीसमेत रहेका केनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

गत वर्ष बायर्नका प्रमुख स्ट्राइकर रोबर्ट लेवान्डोस्की बार्सिलोनामा आबद्ध भएका थिए । लेवान्डोस्कीको बाहिर्गमनपछि बायर्नको फिनिसिङ लाइन कमजोर बनेको छ । 

बायर्न अगाडि बढिरहँदा टोटनह्यामले केनलाई जस्तोसुकै प्रस्ताव आए पनि नबेच्ने जनाएको छ । यद्यपि, केन र टोटनह्यामबीचको सम्झौता यसै वर्षसम्म मात्र छ । इंग्लिस क्लब टोटनह्याम केनसँगको सम्झौता नवीकरणको प्रयासमा छ । 
बायर्नले केन भित्र्याउन टोटनह्यामलाई ६० मिलियन पाउन्ड प्रस्ताव राखेको छ । यसैबीच, म्यानचेस्टर युनाइटेड पनि केनप्रति नै लक्षित रहेको एजेन्सीले जनाएको छ । म्यानचेस्टर सिटीले गत वर्ष केनलाई भित्र्याउन नसकेपछि हालान्डलाई अनुबन्ध गरेको थियो ।

See More On

सुझावित समाचार