पहिलो मोक्षदा टी–१० प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोक्षदा स्कुल ‘ए’ टिम विजयी भएको छ । मोक्षदाले सेन्ट जेभियर्स स्कुललाई दुई विकेटले पराजित गरेको हो ।
ललितपुरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा मंगलबार सुरु भएको प्रतियोगिताको पहिलो दिन अक्षराले मोक्षदा स्कुल ‘बी’ टिमलाई पराजित गर्यो भने एपिएफले जेम्सलाई पराजित गर्यो ।
त्यसैगरी, पहिलो दिनका बाँकी खेलमा एलआरआईले डिएभी र काठमाडौं प्रज्ञाकुञ्जलाई, सेन्ट जेभियर्सले रेडियन्टलाई र युनाइटेडले मोक्षदा ‘बी’लाई पराजित गरे । प्रतियोगिता बिहीबारसम्म चल्नेछ ।