ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शाहलाई मंगलबार पक्राउ गरेको हो। 

ललितानिवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानमा देखिएको थियो। जसमा उनको समेत मिलेमतो रहेको भन्दै शाहलाई सिआइबीले पक्राउ गरेको हो।

शाहलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले पुष्टि गरिन्।यो प्रकरणमा सिआइबीको अनुसन्धान जारी छ। व्यवसायी मीनबहादुर गुरुङसहित सातजनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

सिआइबीले डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ। यो प्रकरणमा सिआइबीको अप्रेसन जारी छ।

सुझावित समाचार