काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गरेको छ।
आइतबार महानगरको १३औँ नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। महानगरले चालूतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेको छ।
त्यसैगरी, महानगरमा नगर प्रहरीको दरबन्दी पाँच सय पुर्याउने घोषणासहित महानगरभित्रका ढुंगेधारा र पोखरी संरक्षणका लागि २६ करोड बजेट विनियोजन गरिएको छ।