आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा नेदरल्यान्ड्ससँग जारी खेलमा नेपालले पहिलो विकेट लिएको छ। १२औँ ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन्।
ताजा अवस्थामा नेदरल्यान्ड्सले १३.४ ओभरको खेल सकिँदा ९१ रन जोडेको छ।
जिम्बावेको हरारे खेलमैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १६८ रनको लक्ष्य दिएको छ।