नेदरल्यान्ड्सविरुद्ध जित्नै पर्ने दबाबपूर्ण म्याचमा नेपाली ब्याटिङ धर्मराएको छ। इनिङ बिल्डअपका लागि काबिल मानिएका आरिफ सेख जम्मा चार बल खेलेर ६ रन बनाई आउट भएका छन्।
ओपनर कुशल भुर्तेल आउट भएपछि कप्तान रोहितकुमार पौडेलको स्थानमा कोच मोन्टी देसाईले आरिफलाई पठाएका थिए। तर, उनी कोचको विश्वासमा खरो उत्रन सकेनन्।
विक्रमजित सिंहले लगातार दुई ओभरमा दुई विकेट लिएका हुन्। अहिले क्रिजमा भीम सार्की र कप्तान रोहित छन्। ५१ बल खेलिसकेका भीमले जम्मा १७ रन बनाएका छन्।
पूरै ५० ओभर खेले मात्र नेदरल्यान्ड्सलाई फाइटिङ टोटलको लक्ष्य दिन सकिने अवस्थामा भीमले सम्हालिरहेका छन्।