नेपाललाई दोस्रो झड्का, कुशल भुर्तेल आउट

शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण

नेदरल्यान्ड्सका बलर हाबी भएको म्याचमा नेपालले दोस्रो विकेट पनि गुमाएको छ। 

आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत अत्यन्त महत्वपूर्ण म्याचमा नेपालले १४औँ ओभरको पाँचौँ बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो। कुशलले ४२ बलमा दुई चौकाको मद्दतमा २७ रन बनाए। 

ताजा अवस्थामा नेपालले १५ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ४९ रन बनाएको छ। अहिले क्रिजमा भीम सार्कीसँगै आरिफ सेख छन्।

कोच मोन्टी देसाईले बलर हाबी भएको खेलमा कप्तान रोहितकुमार पौडेलको स्थानमा आरिफलाई पठाएका हुन्। वेस्ट इन्डिजसँगको खेलमा अधिकांश ब्याटर टिक्न नसकेका वेला आरिफले अर्धशतकीय इनिङ खेलेका थिए।

सुझावित समाचार