खोलाले बगाएर बालिकाको मृत्यु

चट्याङ लागेर दुई जना बेहोस

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

दैलेखको ठाटीकाँध गाउँपालिका– ४ माझचौरकी १७ वर्षीया उर्मिला कठायतको खोलाले बगाएर मृत्यु भएको छ ।  घट्टबाट घर फर्किँदै गर्दा खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान उनको मृत्यु भएको हो । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ। 

चट्याङ लागेर दैलेखको गुराँस गाउँपालिका– ५ मा आमा–छोरी बेहोस भएका छन्। स्थानीय रुद्रबहादुर गिरीको घरमा परेको चट्याङ लागेर ४४ वर्षीया चन्द्रा गिरी र १६ वर्षीया छोरी माया गिरी घाइते भएका हुन् । घाइते भएका दुवैलाई थप उपचारका लागि सुर्खेत पठाइएको गुराँस गाउँपालिका– ५ का वडाध्यक्ष भूपेन्द्रबहादुर चन्दले जानकारी दिए ।
 

सुझावित समाचार