नेप्सेसँगै खुम्चियो कारोबार रकम

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण

अघिल्लो साता लगातार उकालो लागेको सेयर बजार पछिल्लो तीन दिन लगातार ओरालो लागेको छ। सेयर बजार परिसूचक नेप्से आज १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा झरेको छ। आज होटेल, जीवन बिमा, उत्पादन र व्यापार समूहको सेयर सामान्य बढे पनि बाँकी समूहको सेयर घटेको छ।

आज बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। दुई सय ७१ वटा कम्पनीका ८६ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४९ करोड ६८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

यस दिन समग्रमा बजार घटे पनि सिटी होटेलको सेयर १० प्रतिशत तथा सोल्टी होटेलको सेयर साढे सात प्रतिशतले बढेको छ।

सुझावित समाचार