अमेरिकाले दिएको दुई सय आठ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका भरपर्दा ब्याटर भीम सार्कीले अर्धशतक पूरा गरेका छन्।
उनले ९७ बलमा चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। १३औँ एकदिवसीय म्याचमा खेलिरहेका भीमको यो तेस्रो अर्धशतक हो।
पाँचौँ ओभरमा २५ रन बनाउँदा ओपनर ब्याटर आसिफ सेख आउट भएपछि भीम क्रिजमा आएका थिए। त्यसपछि उनले कुशल भुर्तेलसँग ४९, कप्तान रोहितकुमार पौडेलसँग ३७ र कुशल मल्लसँग २५ रनको साझेदारी गरे।
अप्ठ्यारो अवस्थामा टिकेर इनिङ उकास्न सक्ने क्षमताका कारण उनी टिमका महत्वपूर्ण सदस्य बनिसकेका छन्।