अमेरिकाले दिएको दुई सय आठ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ।
३३औँ ओभरमा एक सय ३७ रनको अवस्थामा नेपालले कुशल मल्ललाई गुमाएको हो। १३ बल खेलेका कुशलले तीव्र गतिमा रन बनाउने प्रयासमा विकेट गुमाए।
क्रिजमा अहिले भीम सार्की र दीपेन्द्रसिंह ऐरी छन्। ८४ बल खेलिसकेका भीमले ४३ रन बनाएका छन् भने दीपेन्द्र कुशल आउट भएपछि क्रिजमा आएका हुन्।
ताजा अवस्थामा नेपालले चार विकेट गुमाएर एक सय ४१ रन बनाएको छ।