अमेरिकाले दिएको दुई सय आठ रनको लक्ष्य पछ्याएको नेपालले ५० रन पूरा गरेको छ। नेपालले एक विकेटको क्षतिमा ११औँ ओभरमा ५० रन पूरा गरेको हो।
क्रिजमा कुशल भुर्तेल र भीम सार्की छन्। कुशलले एक छक्का र दुई चौकाको सहायतामा ३६ बलमा २६ रन बनाएका छन् भने १७ बल खेलको भीमले दुई चौकाको मद्दतमा १५ रन बनाएका छन् ।
जिम्बावेको हरारेमा जारी आजको खेल आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको दोस्रो खेल हो । आआफ्नो पहिलो खेल गुमाएका दुवै देश आज जितको खोजीमा छन्।