अमेरिकाको सातौँ विकेट खस्यो, गुल्सनले दिलाए सफलता

एकदिवसीय विश्वकप ग्लोबल छनोट

मंगलबार, ५ असार, २०८०
डिजिटल संस्करण

नेपाली बलरहरू हाबी भएपछि अमेरिकाले सातौँ विकेट पनि गुमाएको छ।

आइसिसी एकदिवसीय विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालसँग भिडिरहेको अमेरिकाले एक सय २८ रन बनाउँदा सातौँ विकेट गुमाएको हो। 

३६ ओभरको चौथो बलमा गुल्सनले निसार्ग पटेललाई विकेटकिपर आसिफ सेखको हातबाट आउट गराए। 

त्यसअघि ललित राजवंशीले अमेरिकाको छैटौँ विकेट लिएका थिए। व्यक्तिगत सातौँ ओभरको चौथो बलमा ललितले अमेरिकाका ओपनर सुशान्त मदानीलाई बोल्ड गरेका हुन्। 

सुरुदेखि नै धराशायी बनेको अमेरिकाको एक इन्ड सुशान्तले सम्हालेर बसेका थिए। ७१ बल सामना गरेका उनले एक छक्का र तीन चौकाको मद्धतमा ४२ रन बनाए।
 

सुझावित समाचार