नेपालले जिम्बावेलाई दियाे २९१ रनको लक्ष्य

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

आइसिसी विश्वकप छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले जिम्बावेलाई दुई सय ९१ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ९० रन बनाएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले १३ चौका र २ छक्कासहित सर्वाधिक ९९ रनको योगदान गरे। यस्तै, ओपनर आशिफ शेखले ६६ रन बनाउँदा कुशल मल्ल ४१ रनमा आउट भए। क्याप्टेन रोहित पौडेलले ३१, गुल्सन झा १३, आरिफ शेख १० र दिपेन्द्र सिंह ऐरी ६ रनमा समेटिए । करन केसी २ रन बनाउँदै नट आउट रहे।

जिम्बावेका एनगाराभा एक्लैले नौ ओभरमा ४३ रन दिएर चार विकेट लिए। उनले लगातार दुई बलमा आरिफ र भीमको विकेट लिएका थिए।

सुझावित समाचार