आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटको समूह ‘ए’अन्तर्गत पहिलो खेलमा नेपाल र जिम्बावे भिडिरहेका छन् ।
टेस्टराष्ट्र जिम्बावेले गृहमैदान हरारेमा टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले दुई सय पचास रन पूरा गरेको छ ।
नेपालले चार विकेटको क्षतिमा दुई सय पचास रन पूरा गरेको हो । ४४ ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै कुशल मल्लले नेपालको स्कोर दुई सय ५५ रन पुर्याए । तर, लगत्तैको बलमा कुशल सहज रूपमा क्याचआउट भए ।
४२ बल खेलेका कुशलले तीन छक्का र दुई चौका प्रहार गरे । त्यसअघि रोहितकुमार पौडेल २९ बलमा ३१ रन बनाई आउट भए । उनले पाँच चौका प्रहार गरे ।