नेपालको सुदृढ ब्याटिङ, जिम्बावेविरुद्ध दुई सय रन पूरा

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण
नेपालको सुदृढ ब्याटिङ, जिम्बावेविरुद्ध दुई सय रन पूरा

तस्बिर : आइसिसी/गेट्टी इमेज

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोट समूह ‘ए’अन्तर्गत पहिलो खेलमा नेपाल अहिले टेस्टराष्ट्र जिम्बावेविरुद्ध खेलिरहेको छ । 

गृहमैदान हरारेमा जिम्बावेले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले दुई सय रन पूरा गरेको छ । नेपालले ३९औँ ओभरमा दुई विकेटको क्षतिमा दुई सय रन पूरा गरेको हो।

अहिले कप्तान रोहितकुमार पौडेल तथा अलराउन्डर कुशल मल्ल क्रिजमा छन् । कुशलले २२ बलमा एक छक्का र एक चौकाको सहायतामा १५ रन र रोहितले एक चौकाको सहायतामा ११ बलमा ७ रन बनाएका छन् । 

नेपालले ओपनर कुशल भुर्तेल र आसिफ सेखको उत्कृष्ट प्रदर्शनमा नेपालको ब्याटिङ सुदृढ बनेको हो । 

एक रनले शतक बनाउन चुकेका कुशलले दुई छक्का र १३ चाैकाको सहयोगमा ९५ बलमा ९९ रन बनाए । यस्तै, सय बल खेलेका आसिफले ६६ रनको योगदान दिए ।

नेपालले ३२ ओभरमा एक सय ७१ रनको अवस्थामा पहिलो विकेट गुमाएको थियो । त्यसपछि तीन रन थप्दा आसिफ पनि आउट हुन पुगे।

सुझावित समाचार