कुशल र आसिफबीच शतकीय साझेदारी, जिम्बावेविरुद्ध सुदृढ ब्याटिङ

आइसिसी ग्लोबल छनोट

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण
कुशल र आसिफबीच शतकीय साझेदारी, जिम्बावेविरुद्ध सुदृढ ब्याटिङ

तस्बिर : आइसिसी/गेट्टी इमेज

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा अहिले टेस्टराष्ट्र जिम्बावेविरुद्ध खेलिरहेको छ। 

गृहमैदान हरारेमा जिम्बावेले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ। संयमित रूपमा इनिङ सुरु गरेको नेपालले कुनै विकेट नगुमाई शतकीय साझेदारी पूरा गरेको छ।

२२ औँ ओभरमा नेपालले शतकीय साझेदारी पूरा गरेको हो । महत्वपूर्ण खेलमा ओपनर कुशल र आसिफले शतकीय साझेदारी पूरा गरेका हुन्। 

कुशलले एक छक्का र आठ चौकाको मद्यतमा ७१ बलमा ६० रन बनाइसकेका छन्। आसिफले दुई चौकाको सहयोगमा ६६ बलमा ३३ रन बनाएका छन्।

सुझावित समाचार