नेपाल जिम्बावेविरुद्ध ब्याटिङ गर्दै

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोट आजबाट सुरु भएको छ । समूह ‘ए’मा रहेकाे नेपालले पहिलो खेलमा टेस्टराष्ट्र जिम्बावेविरुद्ध उसैको घरेलु मैदानमा ब्याटिङ सुरु गरेको छ ।

जिम्बावेले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ थालेको हो । हरारेमा सुरु खेलमा जिम्बावेविरुद्ध कुशल भुर्तेल र आसिफ सेख ओर्लिएका छन् । 

घरेलु मैदानमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल छनोटमा स्थान बनाएको नेपाल उही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा छ । 

रोहितकुमार पौडेलको कप्तानीमा नेपाल प्रतियोगितामा सानदार प्रदर्शन गर्ने योजनामा छ ।

सुझावित समाचार