पहिरोका कारण बेँसीसहर-चामे सडकखण्ड अवरुद्ध

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

पहिरोका कारण मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर–चामे खण्डअन्तर्गत बेँसीसहर नगरपालिका– ६ खरखरे भिर, मर्स्याङ्दी गाउँपालिकाकाको सिम्पानी आँगेलगायतका स्थानमा पहिरोले सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

अवरुद्ध सडक खुलाउन एक्स्काभेटर प्रयोग भइरहेको इन्जिनियर अधिकारीले बताए । उनका अनुसार खरखरेमा सडक भासिनुको साथै सडकमाथिबाट ठूला–ठूला ढुंगा, माटोसहितको पहिरो खसेकाे छ ।

पानी परेसँगै बेँसीसहर–चामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिकाको अर्खलेबेँसी, घोप्टेभिर, काप्रेभिर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतमा ठाउँमा पहिरो जाँदा उत्तरी क्षेत्रका स्थानीय र मनाङका स्थानीयलाई सास्ती भएकाे छ ।

सुझावित समाचार