नेपालले युएईलाई दियो २७७ रनको लक्ष्य

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण
नेपालले युएईलाई दियो २७७ रनको लक्ष्य

फाइल तस्बिर

नेपालले आइसिसी एकदिवसीय विश्व कप छनोटको अभ्यास खेलमा युएईलाई दुई सय ७७ रनको लक्ष्य दिएको छ।

जिम्बावेको हरारेमा पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर पाँच बलमा दुई सय ७६ रन बनाएर अलआउट भएको थियो। युएईले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ। 

अब नेपालले अन्तिम अभ्यास खेलमा बिहीबार ओमानसँग खेल्नेछ। यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो।

सुझावित समाचार