कलाकृतिमा ‘म, मेरो देश र मेरो सिर्जना’

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

‘राष्ट्रिय ललितकला प्रदर्शनी– २०८०’ मा ६ सय सातजना कलाकारका चित्रहरू प्रदर्शनमा राखिएको छ । ‘म, मेरो देश र मेरो सिर्जना’ नारासहित १५ जेठदेखि काठमाडौंस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा यो प्रदर्शनी चलिरहेको छ । 

प्रदर्शनीमा लोककला, मूर्तिकला, हस्तकला, वास्तुकला, पर्फमेन्स आर्ट, कार्टुन, डिजिटल कलालगायत विभिन्न कलाकृति राखिएको छ । अहिलेसम्म ३५ हजारभन्दा धेरै दर्शकले कलाकृति अवलोकन गरेको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले जानकारी दिए ।

‘कलाका पारखीहरू बाक्लै संख्यामा आउनुभएको छ,’ उनले भने, ‘स्कुलका विद्यार्थीहरूको संख्या धेरै देखिन्छ । पुराना पुस्ताका कलाप्रेमीहरू पनि आइरहनुभएको छ । आर्टप्रति सबैको चासो बढेको देखिन्छ’, उनले भने । ललितकला विधाको प्रवर्द्धनमा यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । 
 

See More On

सुझावित समाचार