साउथ एसियन चेस च्याम्पियनसिप मंगलबारबाट

सोमबार, २९ जेठ, २०८०
डिजिटल संस्करण

दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ। नेपाल बुद्धिचाल महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंगलबारबाट सुरु हुने जनाएको हो। 

ललितपुरको गोदावरीस्थित भ्यु भृकुटीमा हुने च्याम्पियनसिप असार ४ सम्म सञ्चालन हुनेछ। च्याम्पियनसिपमा  नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाका खेलाडीको सहभागिता रहनेछ।

राउन्ड रोबिन प्रणालीमा आयोजना हुने प्रतियोगितामा नेपालबाट फिडेमास्टर रुपेश जयसवाल, सुरवीर लामा, महिला फिडेमास्टर सुजना लोहनी र सुशीला गुरुङले सहभागिता जनाउनेछन्।

प्रतियोगिताको पुरुष विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउनेछन्। महिलातर्फ विजेताले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार पाउनेछन्।

प्रतियोगितामा ग्रान्डमास्टर सायनतन दासको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

सुझावित समाचार