एसियन कपको दोस्रो चरणबाट बाहिरियो नेपाल, चीनसँग ५-० ले पराजित

बिहिबार, २५ जेठ, २०८०
डिजिटल संस्करण

एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा लगातार हारसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको छ । 

बिहीबार म्यानमारको यानगोनस्थित थुवुन्ना मैदानमा नेपाल बलियो चीनसँग ५–० ले पराजित भयो । पहिलो खेलमा पनि नेपाल म्यानमारसँग ५–० ले नै पराजित भएको थियो । 
दुई खेलमा नेपालले कुनै गोल फर्काउन नसक्दा १० गोल बेहोरेको छ । 

अब, नेपालले अन्तिम खेलमा आइतबार चाइनिज ताइपेईको सामना गर्नेछ । यता, लगातार दोस्रो जित निकालेको चीनले एसियन कपको सम्भावना बलियो बनाएको छ । 

पहिलो खेलमा ताइपेईलाई १–० ले हराएको थियो । यसअघि पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र नर्दन मारियानालाई समान ६–० ले हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो ।

सुझावित समाचार