न्युट्रल अवस्थामा राखेको बोलेरो जिप खस्दा जिपमा सवार दम्पतीको मृत्यु

बिहिबार, २५ जेठ, २०८०
डिजिटल संस्करण

न्युट्रल अवस्थामा राखेको बोलेरो जिप  खस्दा जिपमा सवार दम्पतीको मृत्यु भएको छ। कालीकोटको रास्कोट नगरपालिका– २ सेरा बजारमा  स्टार्ट गरी न्युट्रल अवस्थामा छोडेको बोलेरो जिप सडकभन्दा तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा  गाडीमा सवार रास्कोट– १ लहरेलाका निवासी मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनबहादुर शाही नेपाली कांग्रेसका वडा सभापति हुन् ।  दुर्घटनामा रिता सिंह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 

सुझावित समाचार