नेपाली कृषकको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ काठमाडौंको टोखा ग्रिनल्यान्डमा कृषक गु्रप प्रालिले मिनी हाइपर मार्ट सञ्चालनमा ल्याएको छ । एक करोड रुपैयाँ लगानीमा सञ्चालन भएको मार्टको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मार्टको उद्घाटन गरेका हुन् ।
मार्ट उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले टोखा नगरपालिकाका कृषक र व्यवसायीको संवद्र्धन र प्रवद्र्धनमा लाग्ने बताए । टोखाभित्रका कृषकलाई प्रोत्साहन गर्नका लागि किसानलाई निःशुल्क बिउबिजन वितरण, मलको डिपो खोल्नेलाई अनुदान, हाते ट्याक्टर वितरण गर्दै आएको उनको भनाइ थियो । टोखाले फलफूलका बिरुवा वितरण, व्यावसायिक किसानलाई तालिम प्रदान, जैविक तथा रासायनिक मल वितरण, फोहोर व्यवस्थापन गरी कम्पोस्ट मल बनाउने तालिम प्रदान गरेको नगर प्रमुख अधिकारीले बताए ।
‘उत्पादनदेखि उपभोक्ता’ भन्ने नाराका साथ स्थापना भएको मार्टले किसानले उत्पादन गरेका वस्तुलाई बजारसम्म पु¥याउने प्रालिका प्रमुख कार्यकारी अधिकृत दीपक न्यौपानेले बताए ।
उक्त मार्टमा सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक र ललितपुरमा उत्पादित मासुजन्य तथा अन्डा, फलफूल तथा तरकारीजन्य, अर्गानिक खाद्य सामान, दूध तथा डेरी बेकरीजन्यलगायतका खाद्यान्न उपलब्ध रहेको जनाइएको छ ।