कीर्तिपुरलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाइने, चार थप रंगशाला बनाउने सरकारको घोषणा

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण
कीर्तिपुरलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाइने, चार थप रंगशाला बनाउने सरकारको घोषणा

फाइल तस्बिर ।

सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदानका रूपमा विकास गर्ने भएको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको लागि पेस गरेको बजेटमा यस्तो उल्लेख छ। 

पछिल्लो समय क्रिकेट क्षेत्रमा ठूल्ठूला उपलब्धि हासिल भए पनि अन्तर्राष्ट्रियस्तरको खेलमैदान नभएकोमा सरकारको आलोचना हुँदै आएको छ। 

त्यसलाई सम्बोधन गर्दै सरकारले त्रिवि खेलमैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने तथा थप चारवटा क्रिकेट खेलमैदान निर्माण गर्ने बजेटमा समेटेको छ। 

सरकारले विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीमा फाप्ला क्रिकेट रंगशाला र काठमाडौंमा सूवर्णशम्शेर क्रिकेट रंगशाला निर्माण गरिने जनाएको छ।

सरकारले काठमाडौंको मूलपानीस्थित रंगशालाको बाँकी निर्माण कार्य सम्पन्न गर्न पनि बजेट विनियोजन गरेको छ। 

सुझावित समाचार