राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहका लागि एक खर्ब ७३ अर्ब विनियोजन

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ स्थानीय तहका लागि ८७ अर्ब ३८ करोड विनियोजन भएको छ।

ससर्त अनुदानतर्फ १ खर्ब ९१ अर्ब ८९ करोड, समपूरक अनुदानतर्फ सात अर्ब ५ करोड, विशेष अनुदानतर्फ ८ अर्ब ७३ करोड विनियोजन भएको छ। 

राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहका लागि १ खर्ब ७३ अर्ब ९२ करोड हस्तान्तरण हुनेछ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

सुझावित समाचार