श्रीयन्सीको ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ बजारमा

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

 बेलायतको चर्चित प्रकाशन गृह अस्टिन म्याक्कले पब्लिसर्सले नेपाली मूलकी श्रीयन्सी ज्ञवालीको पुस्तक ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ बजारमा ल्याएको छ । यो पुस्तक ‘टिन फेन्टासी’ अर्थात् किशोरावस्थाका युवाहरूलाई लक्षित गरेर प्रकाशन गरिएको हो ।

तथापि, पुस्तकको कथावस्तुले अन्य उमेरसमूहकालाई पनि तान्ने प्रकाशकको दाबी छ । ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ले सानैमा अभिभावक गुमाएर अनाथालयमा हुर्किएकी एक किशोरीको कथा भन्छ, जो हुर्कंदै गर्दा उनको पहिचानको खोजी र आफू बाँचेको क्रूर यथार्थसँग संघर्ष गर्न बाध्य हुन्छिन् ।

पुस्तककी लेखिका ज्ञवाली आफैँ किशोरी हुन् । नेपालको भैरहवामा जन्मिएकी लेखिका सन् २०११ (वि.सं. २०६८) मा आफ्नो परिवारसँगै क्यानडा बसाइँ सरेकी थिइन् । त्यस समय उनी २२ महिनाको मात्र थिइन् ।

हाल क्यानडाको ओन्टारियो प्रोभिन्सको ब्रम्प्टनमा बस्ने ज्ञवालीलाई सानैदेखि साहित्य लेखनको रुचि रहेकोमा अभिभावक र शिक्षकको प्रेरणाले पुस्तक लेख्न थालेकी थिइन् । यो उपन्यास ज्ञवालीको पहिलो प्रकाशित पुस्तक हो । २४० पृष्ठको पुस्तकलाई अनलाइन साइट ‘अमेजन’मार्फत संसारभरिबाट किन्न सकिन्छ । 

सुझावित समाचार