सुरेन्द्र थापाको निर्देशनमा ‘भावीको लेखान्त’ सिरिज

आइतबार, १४ जेठ, २०८०
डिजिटल संस्करण

सञ्चारकर्मी तथा युवा व्यवसायी सुरेन्द्र थापाको निर्देशनमा ‘भावीको लेखान्त’ नामक सिरिज आउने भएको छ। थापासँगै रमेश बुढामगरको निर्देशनमा सामाजिक कथामा आधारित रहेर भावीको लेखान्त सिरिज निर्माण गरिएको हो। 

हास्य टेलिसिरियल ‘मेरी बास्सै’का घिरौँले र वैकुण्ठ नामले चिनिएका लेखान्त भुसाल र रमेश बुढामगर पुन: दर्शकमाझ आउँदै छन्। यो सिरियलमा गाउँको गरिबी र विपन्नका दैनिकीसँगै  संघर्ष देखाइने निर्देशक थापाले बताए। 

सिरिजको पहिलो अंक जेठ १४ गते आइतबार साँझ ५ः४५ मा लेखान्त अफिसियल युट्युब च्यानलबाट प्रसारण हुनेछ। धादिङका विभिन्न ठाउँमा खिचिएको यस सिरिजको आठ अंक तयार भइसकेको छ।

सिरिजमा तारा केसी, कमलप्रसाद भट्ट, रमेश अधिकारी, लक्ष्मण चौलागाईं, आकृति न्यौपाने, यशु भट्टराई, प्रवीण पुरी, सविन घिमिरेको अभिनय देख्न पाइनेछ। 

सुझावित समाचार