बजारमा ‘जादुको झ्याल’

बुधबार, १० जेठ, २०८०
डिजिटल संस्करण

एमआरआई मेसिनका आविष्कारक रेमोन्ड वाहन डामाडियानको संक्षिप्त बालजीवनी ‘जादुको झ्याल’ सार्वजनिक भएको छ । विमलकुमार सुवेदीद्वारा अनुदित पुस्तकको सम्पादन भिक्टर प्रधानले गरेका हुन् । यसमा थोमस साहिन्यानका चित्र छन् । 

अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेको हो । यसका मूल लेखक न्यून टोरोस्यान हुन् । 

यो पुस्तक ६ वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, छलफल गर्न तथा ९ वर्षमाथिका बालबालिकाले आफैँ अध्ययन गर्न सक्नेछन् । २८ पृष्ठ रहेको पुस्तकको मूल्य २ सय ८० रुपैयाँ राखिएको छ ।

See More On

सुझावित समाचार