निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने सरकारको घोषणा

सरकारको नीति तथा कार्यक्रम

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ल्याइएको नीति तथा कार्यक्रममा त्यस्तो उल्लेख छ । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने घोषणा गरेका हुन् ।

अहिले सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिरकणले मात्र विद्युत् व्यापार गर्दै आएको छ । निजी क्षेत्रले विद्युत् व्यापार गर्न पाउनुपर्ने माग गर्दै आएको छ । 

सरकारले ऊर्जानीति समयअनुसार संशाेधन गर्ने पनि बताएको छ ।

सुझावित समाचार