एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई उनीहरूकै आवश्यकताअनुसार सेवाको प्लान आफैँ बनाई अझै सुलभदरमा सेवाहरू प्रयोग गर्न सक्ने योजना ल्याएको छ । कम्पनीले ‘एनसेल माई प्लान’अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकताअनुसार आफ्नो प्लान अर्थात् बन्डल प्याक आफैँ बनाएर सेवा लिन सक्ने सुविधा ल्याएको हो ।
ग्राहक आफैँले आफ्नो प्याक बनाउने सक्ने योजना नेपालमै पहिलो भएको कम्पनीको दाबी छ । इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेस सेवाअन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट बनाउन सक्ने जनाइएको छ । माई प्लानमा माई प्लान ५०० र माई प्लान फ्लेक्सी गरी दुईवटा विकल्प रहेको कम्पनीले जनाएको छ ।
कपोर्रेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समयचक्रमा सुचारु गर्न सक्ने र माई प्लान ५०० को करसहित पाँच सय रुपैयाँ पर्ने जनाइएको छ । यसमा ग्राहकले पाँच सय रुपैयाँबराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बन्डल प्याक आफैँ बनाउन सक्ने जनाइएको छ । त्यस्तै, फ्लेक्सी प्लानअन्तर्गत ग्राहकले पाँच सय रुपैयाँभन्दा बढी मूल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरी ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्ने कम्पनीले जनाएको छ ।
यसका साथै प्लानमा पाइने सेवाबाहेक, माई प्लान लिने ग्राहकले २५ सय मिनेट अन नेट टक टाइम र एक हजार अन नेट एसएमएस सेवा निःशुल्क पाउने उल्लेख छ । यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने जनाइएको छ । माई प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोलुम राखी प्याकमा बनाउँछन्, त्यसैअनुरूप प्लानको मूल्य तय हुने जनाइएको छ । माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम दुई सय जिबी डेटा, २५ सय मिनेट अन नेट, अफ टक टाइम र २५ सय एसएमएसको बन्डल प्याक बनाउन सक्ने जनाइएको छ ।