बस र स्कुटर ठोक्किँदा एकको मृत्यु, एक घाइते

बिहिबार, ४ जेठ, २०८०
डिजिटल संस्करण

बस र स्कुटर आपसमा ठोक्किएर बिहीबार पोखरामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्। 

मृत्यु हुनेमा स्कुटरमा सवार पोखरा महानगरपालिका– २५ हेम्जाका ४६ वर्षीय तुल्सीप्रसाद त्रिपाठी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

प्रहरीका अनुसार पोखरा– २२ पुम्दीभुम्दीस्थित भित्री सडकखण्डमा ग. १ख ३२८७ नम्बरको नगर बस र ग. २३प ३६८६ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएर अचेत रहेका त्रिपाठीलाई तत्कालै उपचारक लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्याइएको थियो। त्यहाँ चिकित्सकले मृत घोषणा गरे। 

सोही स्कुटरमा सवार पोखरा– ५ मालेपाटनका २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन्। टाउको र दुवै खुट्टामा चोट लागेका त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। 

प्रहरीले दुर्घटनामा परेका दुवै सवारीसाधन नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको छ। 

सुझावित समाचार