सेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार

बिहिबार, ४ जेठ, २०८०
डिजिटल संस्करण

साताको कारोबारको अन्तिम दिन आज बिहीबार सेयर बजारमा हरियाली छाएको छ। सेयर बजार परिसूचक नेप्से आज ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा पुगेको छ।

आज सबै समूहको सेयर बढेको छ। यसमा पनि विकास बैंक, होटेल, बिमा र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ। 

साथै, आज नेप्सेसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ। दुई सय ६४ वटा कम्पनीका ४४ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन्।

सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको आठ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतका दरले बढेको छ।

सुझावित समाचार