कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा रोकाया

मंगलबार, २ जेठ, २०८०
डिजिटल संस्करण

कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा मुगुका देवीकृष्ण रोकाया सर्वसम्मत चयन भएका छन्। 

सोमबार काठमाडौंमा भएको तेस्रो साधारणसभाले रोकायाको अध्यक्षतामा नाै सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। रोकाया विगत एक दशकयता कर्णालीको पर्यटन प्रवर्द्धनमा सक्रिय छन्। 

समाजको उपाध्यक्षमा प्रेमबहादुर लामा, सचिवमा खडक रोकाया, सहसचिवमा मनराज सिम्खडा र कोषाध्यक्षमा च्याङजोर लामा रहेका छन्। यसैगरी, सदस्यहरूमा हरिकृष्ण रावल, छेतेन डोल्मा लामा र राकेश शाही रहेका छन्।

नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष जगबहादुर बुढा पनि छन्। जंगबहादुर लामा, प्रेम दोर्चे लामा र जितेन्द्र झाँक्री सल्लाहकारका रूपमा रहेका छन्।

सुझावित समाचार