मुम्बईद्वारा आर्चरलाई १६ करोडको प्रस्ताव

शनिबार, ३० बैशाख, २०८०
डिजिटल संस्करण

इन्डियन प्रिमियर लिग (आइपिएल)को फ्रेन्चाइज टोली मुम्बई इन्डियन्सले इंग्ल्यान्डका फास्ट बलर जोफ्रा आर्चरलाई १० करोड भारु (१६ करोड नेपाल)को प्रस्ताव राखेको छ । आर्चरलाई आइपिएलमा अन्यत्र नपठाउने उद्देश्यले मुम्बईले आकर्षक प्रस्ताव अगाडि सारेको हो ।

यसबारे आर्चरले कुनै प्रतिक्रिया जनाएका छैनन् । दुई पक्षबीच सम्झौता हुँदा आर्चरले इंग्ल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउँदा मुम्बईबाट अनुमति लिनुपर्ने हुन्छ । बेलायती सञ्चालमाध्यमका अनुसार आर्चरले मुम्बईको प्रस्तावबारे आफ्ना एजेन्टसँग छलफल गरेका छन् । 

चालू आइपिएलमा आर्चर चोटका कारण बाहिरिएका थिए । मुम्बईले खेलेका ११ मध्ये पाँच खेलमा मात्र आर्चर उपलब्ध भए । घुँडाको चोटको शल्यक्रिया गर्नुपर्ने भएका कारण आर्चर आइपिएलबाट बाहिरिएका हुन् । उनको स्थानमा मुम्बईले क्रिस जोर्डनलाई समावेश गरेको छ ।

इंग्ल्यान्ड फर्कनुअघि आर्चरले दुई विकेट मात्र लिएका थिए । यसपटकको आइपिएलमा उनको प्रतिओभर रेनरेट ९.५० रह्यो । अहिले मुम्बई १२ अंकका साथ तेस्रो स्थानमा छ । यसक्रमम मुम्बईले ६ जित र पाँच हारको सामना गरेको छ । 

मुम्बईले आर्चरलाई २०२४ सम्म सम्झौताको तयारी गरेको हो । दुई पक्षबीच सम्झौता हुँदा सन् २०२५ को आइपिएल अक्सनमा मात्र आर्चर समावेश हुन सक्नेछन् । यसअघि उनी मुम्बईमा रहनेछन् ।

बेलायती मिडियाहरूले आर्चरको ध्यान आइपिएलभन्दा पनि एसेज तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता नै रहेको छ । अक्टोबर र नोभेम्बरमा एकदिवसीय विश्वकपमा इंग्ल्यान्डले सहभागिता जनाउँदा आर्चर मुख्य खेलाडी बन्न सक्छन् । इंग्ल्यान्ड विश्वकपको साबिक विजेता हो । 

See More On

सुझावित समाचार